Sunday, April 13, 2014

काठमाडौ, फाल्गुन २९ - उमेरसँगै तपाईंको मिर्गौला पनि 'बूढो' हुनसक्छ भन्ने नाराका साथ यस वर्षको विश्व मिर्गौला दिवस मनाइँदैछ । प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गर्छ । यो रोग जुनसुकै उमेरमा र विभिन्न कारणबाट लाग्न सक्ने भए तापनि उमेरसँगै यो रोग बढी लाग्ने गर्छ । ४० वर्षपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येक वर्ष १ प्रतिशतले ह्रास आउने गर्छ । उमेरका साथै बढ्दो उमेरमा देखिने रोगहरू जस्तै- मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदिले मिर्गौलालाई आक्रान्त पार्दै लैजान्छ ।
विश्व मिर्गौला दिवस सन् २००६ देखि मनाइँदै आएको छ । नेपालमा करिब ३० लाख व्यक्तिमा कुनै न कुनै किसमको मिर्गौलासम्बन्धी रोग लागेको अनुमान छ भने एक वर्षमा करिब ३,००० जनाको दुबै मिर्गौला फेल हुने गरेको विश्वास छ । तीमध्ये ९०५ भन्दा बढीको केही महिनामै अकालै मृत्युको सिकार हुने गर्छ । प्रत्येक वर्ष मनाइने विश्व मिर्गौला दिवस, नेपाल प्रत्यारोपण खेलकुद, निःशुल्क स्वास्थ्य शिविर लगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरूबाट हाम्रो देशमा पनि यस रोगको निदान, उपचार, रोकथामका प्रयासमा अभिवृद्धि भएको विश्वास गर्न सकिन्छ ।
एक अनुमानअनुसार ६५ देखि ७४ वर्ष उमेर पुगेका प्रत्येक पाँच पुरुषमध्ये एक र प्रत्येक चार महिलामध्ये एक जनालाई दीर्घकालीन मिर्गौला रोग लाग्ने गर्छ भने ७५ वर्ष उमेर नाघेकाहरू त झन्डै आधाको संख्यामा यो रोगको सिकार हुने गर्छन् । दीर्घकालीन मिर्गौला रोगले हृदयाघात र मस्तिष्कघातको जोखिमलाई बढाउँछ र मिर्गौला 'फेल' भएपछि डायलासिस वा प्रत्यारोपण गरेर बाँच्न बाध्य गराउँछ ।
एकजनाले आफ्नो मिर्गौलाको कार्यक्षमता ९० प्रतिशतभन्दा बढी नष्ट भएसम्म पनि कुनै सुइँको नपाउन सक्छ र यो अघोषित मृत्युको कारण बन्न सक्छ । अन्तिम अवस्थामा पुगेपछि मात्र विभिन्न लक्षण देखिन सक्छ । जस्तै- खुट्टा सुन्निने, थकावट महसुस हुने, खान मन नलाग्ने, वाकवाक लाग्ने, कुनै कुरामा मन नजाने तथा पिसाबमा रगत देखिने वा फिँज आउने आदि । तसर्थ जोकोहीले पनि मिर्गौलासम्बन्धी जाँच गर्नु उपयुक्त हुन्छ भने जोखिम समूहकाले त अनिवार्य रूपमा नियमित जाँच गर्नु जरुरी
हुन्छ । साधारण जाँचहरू जस्तै- पिसाबमा 'प्रोटिन' र रगतमा 'क्रियटिनिन' भन्ने जाँचबाट मिर्गौला रोग पत्ता लगाउन मद्दत पुग्छ, जसबाट समयमै उचित उपचार सम्भव हुनसक्छ र मिर्गौला बचाउन मद्दत पुग्छ ।
तपाई जुन उमेरको भए तापनि यदि तपाईले साधारण उपायहरू अपनाउनुभयो भने पनि मिर्गौला रोग लाग्ने गतिलाई कम गर्न सकिन्छ । यसबाट हुने जटिलताहरूलाई रोक्न सकिन्छ तथा जीवन स्वस्थ राख्न मद्दत पुग्छ ।
यसबाट बच्न के गर्ने ?
यसका लागि ८ स्वणिर्म नियमहरूको पालना गर्नुपर्छ ।
१. आफूलाई 'फिट' र सक्रिय राखौं ।
२. मधुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मिर्गौला रोग लाग्ने गर्छ ।
३. उच्च रक्तचापको नियमित परीक्षण गराऔं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मिर्गौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।
४. स्वस्थ खाना खाऔं, नुन थोरैमात्र सेवन गरौं र शरीरको तौल नियन्त्रणमा राखौं ।
५. प्रशस्त मात्रामा पानी पिऔं- दैनिक करिब १.५ देखि २ लिटरसम्म पानी पिउने बानी बसालौं ।
६. धूमपान र सुर्तीजन्य पदार्थ सेवन नगरौं ।
७. जथाभावी औषधीको सेवन नगरौं ।
८. यदि तपाई 'उच्च जोखिम'युक्त समूह जस्तै- उच्च रक्तचाप र मधुमेहको रोगी, तपाईको परिवारमध्ये कसैलाई मिर्गौला रोग लागेको छ, मोटोपना भएको, धूमपान गर्नेहरू, उमेर ५० वर्ष नाघेकाहरूमध्ये कुनै पनि समूहमा पर्नुहुन्छ भने चिकित्सकसँग सरसल्लाह गर्न अबेर नगर्नुहोस् । मिर्गौला रोगसम्बन्धी जाँच गर्नुपर्ने हुनसक्छ । बिना कुनै लक्षण मिर्गौलाको दीर्घकालीन रोगको सिकार हुने जोखिम रहन्छ । समयमै उपचार गराउनुभयो भने मिर्गौला 'फेल' हुनबाट धेरै हदसम्म बचाउन सकिन्छ । 
लेखक मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन् ।

प्रकाशित मिति: २०७० फाल्गुन २९ १०:०१
- See more at: http://www.ekantipur.com/np/2070/11/29/full-story/385607.html#sthash.uBo4o4ln.yepsbEv0.dpuf

dr pukar

लालबाबु पण्डितलाई खुलापत्र

    1547
     
    13
     
    3
     
    1
     
    1581
     
    lababu
    चैत्र ३० - मन्त्रीज्यू, नमस्ते ।
    सन्चै हुनुहुन्छ होला ।
    खास विषयमा प्रवेश गर्नुअघि तपाईंलाई जानकारी दिउँ, म करबि सात वर्षदेखि अमेरिकमा बस्दै आएको एक नेपाली हुँ। यस्तो नेपाली, जसले आफ्ना जीवनका ३५ वर्ष नेपालमा र त्यसमध्ये करबि १५ वर्ष नेपालको पत्रकारितमा बिताएको छ। म नेपालको सरकारी कर्मचारी होइन र कहिल्यै थिइनँ पनि। तपाईंले विदेशमा बस्ने नेपाली सरकारी कर्मचारीका हकमा चाल्न लागेका कदमप्रति मेरो पूर्ण समर्थन छ। त्यसमा कुनै आपत्ति छैन। गुनासो वा सल्लाह यत्ति हो, सम्बन्धित मन्त्रालय वा विभागले कारबाही गरे पुग्ने विषयमा तपाईंले ठूलै हल्ला मच्चाउनुभयो। एक हजार जना कर्मचारीको हकमा एक करोडको हल्ला गर्नै पर्दैनथ्यो। यसरी मुसा मार्न एके-४७ लिएर ननिस्किएको भए हुन्थ्यो।
    खैर, तपाईंलाई लाग्यो होला, मुसाहरू कमजोर छैनन् र एके-४७ चाहिन्छ। यो तपाईंको सोचको म आदरपूर्वक कदर गर्छु। यहाँसम्म तपाईं र मेरोबीच कुनै मतभेद छैन। चित्त दुखेको कुरा के मात्र हो भने बोल्दै जाँदा तपाईंले मेरो र मजस्ता हजाराँै नेपाली, जो सरकारी कर्मचारी होइनन्, को भावनामा पनि चोट पुर्‍याउनुभयो।
    सामान्य प्रशासनमन्त्रीका हिसाबले आफूमातहतका कर्मचारीका हकमा तपाईं कडा हुनूस् वा नम्र, त्यो तपाईंको कुरा हो। तर, अन्य सामान्य नेपाली, जो जीवनका धेरै बाध्यता र थोरै रहरका साथ विदेशमा बसिरहेका छन्, तिनका भावनाको ठेक्का तपाईं लिन सक्नुहुन्न। लिन पाउनुहुन्न पनि।
    हो, म पनि सहमत छु, आमा र जन्मभूमि एउटै हुन्। तिनका प्रति धोका हुनुहुँदैन। धोका दिन पनि सकिँदैन। मान्नूस्, कुनै नेपालीलाई डीभी पर्‍यो, अमेरिका गयो र समयक्रममा अमेरिकाको नागरकिता लियो भने पनि ऊ 'नेपाली अमेरकिन' नै हुन्छ। त्यो नेपाली फुर्कोले उसलाई कहिल्यै छाड्दैन। तपाईं भने त्यो फुर्को चुँडाउने प्रयत्न गर्दै हुनुहुन्छ ? मसँग जोडिएको मेरो व्यक्तिगत पहिचान वा नेपालीत्वमाथि खेल्ने अधिकार कसैलाई छैन। मेरो आमालाई आमा भन्ने संवेदनशीलतामाथि तपाईंको तानाशाही चल्दैन। म अमेरिकामा किन छु ? यसबारेमा बताउन मलाई घन्टौँ तपाईंसँग बस्नुपर्छ। त्यतातिर नजाऔँ।
    अहिले म विषयलाई तपाईंकै भनाइमा केन्दि्रत गर्न चाहन्छु। तपाईंले सार्वजनिक रूपमै भन्नुभएको छ, 'म त भिसा पाइएन वा डीभी परेन भनेर अनशन बस्नेहरूलाई, विदेशमा लगिदिएन भन्ने नेपालीलाई नेपाली नै ठान्दिनँ। ती अनशनकारीलाई त मैले पहिल्यै भनेको नारायणी नदीमा लगेर बगाइदिए पनि हुन्छ। तिनीहरू नेपाली होइनन्। तिनीहरू इतिहासमा नेपाली थिए, काममा नेपाली होइनन्।'
    अब भन्नूस्, कसरी 'काममा नेपाली' होइनन् मन्त्रीज्यू ? म एनआरएनजस्तो ठूलो कुरा गर्दिनँ। सामान्य कुरा, मेरो जन्म ठाउँ कास्कीको देउरालीमा कुनै दैवीप्रकोप भयो वा कसैमाथि भवितव्य पर्‍यो भने लेखेर राख्नूस्, त्यहाँ तपाईं र तपाईंको सरकारभन्दा पहिले म पुग्छु। नेपालमा रहेकी मेरी आमा, बा बिरामी हुँदा तपाईंको सरकारले होइन, मैले उपचार गर्नुपर्छ।
    मन्त्रीज्यू, दुई-चार हजार डलरको प्रोजेक्ट लिएर नेपाल भित्रिएको एउटा गोरालाई तपाईं फूलमाला लगाएर भित्र्याउनुहुन्छ। तर, परेमा आफ्नै माटोमा फर्केर ज्यान दिन्छु भनेर देश सम्झँदै बसेको नेपालीलाई नारायणीमा बगाउने कुरा गर्नुहुन्छ ? सोच्नूस् त! यसै पनि मान्छेलाई नदीमा बगाउने कुरा गर्नु घोर मानवाधिकारविरोधी कुरा हो। कुनै जिम्मेवार पदमा बसेको तपाईंजस्तो मान्छेले यस्तो वाक्य सही अवस्थामा प्रयोग गर्नै सक्दैन।
    फेरि विदेशमा सामान्य नेपालीले पहुँच पाएकै पनि कति भएको छ र ? सन् १९९० अघि र त्यसयताका केही वर्षसम्म पनि अमेरिकमा खास गरी काठमाडौँका केही धनी, कुलीन व्यक्ति र तिनका छोराछोरीको मात्र पहुँच थियो। त्यो वर्गले आफू वा आफ्ना छोराछोरी अमेरिकमा रहेको कुरालाई सानको विषय बनाउँथ्यो। र, त्यसैलाई आफूभन्दा तल्लो वर्गलाई छुट्याउने एउटा आधार बनाउँथ्यो अनि समाजमा धाक लगाउँथ्यो।
    अहिले त्यस्तो परिस्थति छैन। डीभी चिट्ठा होस् वा अन्य कुनै उपाय, मध्यम र निम्न वर्गले पनि अमेरिकामा सहज प्रवेश पाएका छन्। अब धनी र कुलीन वर्गले धाक लगाउने एउटा बाटो कमसे कम समाप्त भएको छ। मध्यम र निम्न वर्गले पनि थाहा पाएका छन् कि अमेरिक भन्दैमा त्यस्तो धाक लगाउनुपर्ने केही कुरा रहेनछ। केही वर्षअघिसम्म अमेरिकी सानमा आनन्द मानिरहेको त्यो वर्गलाई अब एक खालको छटपटी भइरहेको छ। र, ऊ आफ्नो इज्जतको नयाँ मापदण्ड खडा गर्न खोजिरहेको छ। त्यो वर्ग, अमेरिकमा धेरैजसो नेपालीले गररिहेको श्रमको टिप्पणी गर्छ र भन्छ, देशमै फर्किएर केही गर्नुपर्छ। आफ्ना छोराछोरी काठमाडौंको रातो बंगला वा लिंकन स्कुलमा राखेर पढाउन सक्ने हैसियत भएको त्यो वर्गलाई हिजोजस्तै आज पनि आफूलाई मानिदिने त्यही मध्यम र निम्न वर्ग चाहिएको छ। ऊ त्यसैको खोजीमा छ। कमसे कम तपाईं निम्न वर्ग खोजिरहने कुलीनहरूभित्र पर्नुहुन्न भन्ने मेरो विश्वास हो।
    मन्त्रीज्यू, तपाईं अमेरिका आउनुभएको छ कि छैन थाहा छैन। यहा आउनुभयो भने देख्नुहोला, यो देश बाहिरबाट आएकाहरूले भरिएको र बनेको हो। तपाईं कम्युनिस्टहरूले आदर्श मान्ने चीनका ३८ लाख जनता यहाँ 'चाइनिज अमेरकिन' भइसकेका छन्। करबि २० लाख भारतीय 'भारतीय अमेरकिन' भएका छन्। त्यत्तिकै फिलिपिनोहरू र कोरयिनहरू पनि। तिनको प्रभाव हेर्नूस् त आज अमेरिकामा ! अमेरिकिमा सार्वजनिक स्थानमा चिनियाँ भाषामा जानकारी लेखिएको हुन्छ। कुनै चिनियाँ आज अमेरिका आयो भने उसले अंग्रेजी नबोलेरै पनि काम चलाउन सक्छ। आजको विश्वमा चीनका लागि चीनबाहिर बसेको जमात पनि एउटा ठूलो सम्पत्ति र शक्ति हो।
    भारतको हैदरावादमा जन्मिएका सत्य नदेला माइक्रोसफ्टका प्रमुख कार्यकारी हुँदा सिंगो भारत गर्व गर्छ मन्त्रीज्यू। तपाईं त नदेला बन्न प्रयास गर्ने नेपालीलाई नारायणीमा बगाउने कुरा गर्दै हुनुहुन्छ। हाबर्ड विश्वविद्यालयमा नेपाली प्रोफेसर वा नासामा नेपाली युवा पनि नेपालका त्यस्तै गर्व हुन्। भन्नूस् न बरू, जहाँ गए पनि नेपालीको सान बढाउनुहोला। भन्नूस् न बरू, जहाँ बसे पनि आफ्नो पहिचान बिस्तार गर्नुहोला। भन्नूस् न बरू, जहाँ गए पनि तपाईंको मनमस्तिष्कबाट नेपालीत्व नहटोस्। बरू बोलाउनूस्, यसपालि कर्णालीमा बाटो खन्नुपर्‍यो, तपाईंहरू पनि आउनूस् भनेर।
    दुःखका साथ भन्नुपर्छ नेपाल स्रोतसाधन नभएर होइन, तपाईंजस्तै मन्त्रीका सोचले गरबि भएको हो। आज अमेरिकी अफ्रिकी मूलका बाराक ओबामालाई राष्ट्र्रपति मान्न तयार हुन्छ, तपाईं नेपालीलाई नेपाली मान्न तयार हुन्नुहुन्न ? भगवान्ले कृपा गरून्, तपाईंको यो राष्ट्रवादले नेपाललाई एउटा शक्तिशाली राष्ट्र बनाओस्। तर, सम्भावना कम छ। आदर्शले मात्र संसार जितिँदैन मन्त्रीज्यू।
    ‌-क्यालिफोर्निया  

    ©नेपाल साप्ताहिक

    प्रकाशित मिति: २०७० चैत्र ३० ०२:०२
    - See more at: http://www.ekantipur.com/np/2070/12/30/full-story/387456.html#sthash.F06Aj1Qf.l7aGTX9g.dpuf